काठमाडौं – युरोपेली यूनियन (ईयू) को कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । ‘एभिएसन सेफ्टी लिस्ट अर्थात कालोसूचिबाट नेपाल हट्न नसकेको हो । यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहो¥याएको हो । यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।
