प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत परेको थियो । उहाँलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत दिएका हुन ।प्रधानमन्त्रीको विपक्षमा ८९ मत परेको थियो ।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन । नेपाल मजदूर पार्टीका १ जना सांसदले भने पक्ष वा विपक्ष दुबैतर्फ मतदान गर्नुभएन । प्रधानमन्त्री दाहालले यो प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत लिनुभएको हो ।
