नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यही मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा नेपाली कांग्रेसले बिभिन्न प्रतिबद्धता जनाएको छ ।
