काठमाडौं । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको थियो । नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३१ रनको लक्ष्य पूरा गर्ने क्रममा १३३ रन बनाई नेपाल विजयी हो ।
