सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । राजेन्द्र रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभाका जम्मा ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षर सहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
