काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,’ अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्।
