सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।
