राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा शरदराज पाठक मनोनयन भएका छन् । पाठक रवीन्द्र मिश्र पक्षबाट महामन्त्रीमा चयन भएका हुन् । केन्द्रीय तहमा ४० जना सहभागी हुने भएका छन् । चुनावका कारण मिश्र पक्षका नेताहरूलाई समाहित गर्न समय लागेको राप्रपाले जनाएको छ । राप्रपामा यसअघि धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद प्रसाद महामन्त्रीको जिम्मेवारीमा छन् ।
