बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । भर्खरै सम्मपन्न निर्वाचनमा उनी धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए। मुख्यमन्त्री पदबाट राजीनामा नगरी प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गर्न नहुने भन्ने चर्चा पनि भएको थियो । राजेन्द्रप्रसाद पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
