राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार तीन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयको प्रेस विज्ञप्तिअनुसार संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू नेपालको संविधानको बमोजिम प्रमाणीकरण गरिएको हो। बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी छन् ।
