काठमाडौं – नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा भएको छ । डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका र प्रहरी वृतमा यसअघि नै काज सरुवा गरिएको थियो । सो काजलाई नै सरुवामा मिलान गरिएको छ । त्यसैगरी, केही दिनअघि मात्र बढुवा भएर फुली लगाएका ३४ जना डिएसपीहरुको पनि पदस्थापन गरिएको छ ।
