मंसिर २७, २०८२, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गर्नु भएको छ । उहाले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणिय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गर्नु भयो ! ४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ। पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ। पुलको लम्बाइ ४२० मिटर रहेको छ । पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ ! यसै गरि नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिनु भयो ।
