१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ।उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको छ।
भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि हुनुहुन्थ्यो।
