काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन जी आन्दोलनमा ज्यान आहुति दिएका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ।
पार्टीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र समानताको यात्रामा उनीहरूको योगदान ऐतिहासिक रहेको उल्लेख गरियो।
रास्वपाका नेताहरूले सहीदहरूको सपना पूरा गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी भएको बताउँदै, उनीहरूको बलिदानले नयाँ पुस्तालाई स्वतन्त्रता र अधिकारका लागि निरन्तर लागिरहन प्रेरणा दिने बताएका छन्।
