नेपालकी प्रथम नव नियुक्त महिला प्रधानन्त्री सुशीला कार्कीलाईभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा आफ्नो अकाउन्टबाट अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका हुन् ।उनले एक्सबाट नेपाली र हिन्दीमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
