काठमाडौैं । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन्।नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको बैठकबाट ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भएको थियो।उनीहरूले सहमति कार्यान्वयन हुनुपर्ने भन्दै धर्नालगायत आन्दोलन गरेका हुन्।उनीहरूले मंगलबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा विरोध स्वरूप हातमा कालो पट्टी बाँधेर काम गरेका छन्।
