लोकप्रिय उद्घोषक तथा बहुप्रतिभाशाली कलाकार रिमा विश्वकर्माले ग्लोबल स्टार अवार्ड अन्तर्गत मोस्ट पपुलर मोडलको उपाधि हात पारेर आफ्नो प्रतिभालाई पुन एकपटक प्रमाणित गरेकी छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र सौन्दर्यको पहिचान बनाउँदै आएकी रिमाले यो सम्मानलाई नम्रता र विनम्रताको प्रतीक मान्दै आमालाई समर्पित गरेकी छन् । साथै उनले शुभेच्छुक र दर्शकहरूप्रति आभार व्यक्त गर्दै आफ्नो सफलताको श्रेय उनीहरूलाई दिएकी छन्। चम्किलो मुस्कान र आत्मविश्वास साथ ट्राफि समाउँदै देखिएकी रिमा आज लाखौं नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनमा अझ उच्च सफलता चुम्ने सामर्थ्य देखिन्छ ।
