पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा एमाले मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्।
