बैतडी, सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा आज बिहानपख १ः४८ बजे ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा क्षेत्र नजिकै रहेको थियो।
भूकम्पको धक्का बैतडीसँगै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार हालसम्म कुनै मानविय क्षति वा ठूला संरचनात्मक क्षतिको विवरण आएको छैन। स्थानीय तहसँग समन्वय गरी संभावित क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ।
