ठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
पुरानो बानेश्वर टोलबासी संस्थाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५ सय ४६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ९८ जनाको भिडियो रेक्सरे, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ७६ जनाको ईसीजी गरिएको थियो । १८ जनाको दाँत निकालिएको थियो भने ३६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
