जब तिमी
जब तिमी मुस्कुराउँछेउ
घुम्छन स्नेहका टरबाइनहरु
र निस्कन्छ पिरतीका उर्जा ।
जब तिमी नजिकिन्छेउ
तात्छन अपनत्वका प्यानलहरु
र बल्छ प्रेमको मधुर बत्ति ।
जब तिमी सर्माउँछेउ
तरङ्गिन्छन मनका रङ्गहरु
र बन्छ मायाको इन्द्रेणी ।
जब तिमी एकाकार हुन्छेउ
बर्सिन्छन प्रणयका किरणहरु
र झलमल्ल हुन्छ प्रितिको धर्ति ।
जब तिमीसंग हुन्छ स्पर्श
धडकन्छ वात्सल्यका मुटु
र चलमलाउन्छ चाहनाका धमनीहरु
र बन्छ जीवन मिठासपूर्ण ।
