रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आजबाट स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा आएको छ । स्तनपान तथा महिला सहायता कक्षको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गर्नुभयो । सहायता कक्षको शुभारम्भ गर्नुहुदै सचिव अर्यालले महिलामैत्री कार्यसस्कृतिले कार्यसम्पादनमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

रेडियो प्रसार सेवा विकास समितिका अध्यक्षसमेत रहनुभएका सचिव अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत भई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गरिदा समान हैसियतमा कर्मचारी व्यवस्थापन गरिने बताउनुभयो ।
रेडियो नेपालले प्रसारणमा व्यावसायिकता वृद्धि गर्दै लैजानु आवश्यक भएको बताउँदै उहाँले राज्यले तय गरेको समान सहभागिताको नीति कार्यान्वयन गर्नु सार्वजनिक संस्थाको दायित्व भएको विचार व्यक्त गर्नुभयो । Radio Nepal
