प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ।बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
