काठमाडौँ , हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। आज दिउँसो पहाडी भूभागका केही स्थान, तराईका र अन्य भूभागाका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि लामिछानेले जानकारी दिए। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आ
