काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार केही मन्त्रीहरुसँगै पाशुपत क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको दर्शन गरेका हुन् । प्रधानमन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरु पनि सहभागी भएका थिए ।
