काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले छोराछोरी अभियान चलाउने भएको छ। बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए। कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए। त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेले यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो।
पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन अहिले खटिएकै भूगोलमा पठाउन लागिएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
