एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा घरेलु टोलीलाई पराजित गरेपछि युएईले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । २६४ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र अर्जुन साउदले अर्धशतक बनाए । दीपेन्द्रले ५४ र ओडीआईमा डेब्यू गरेका अर्जुनले ५१ रन जोडे ।
