काठमाडौं –नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठनले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरीले जनाएको छ । यसअघि क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १७ बर्षिय किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।
