काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ६ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन नर्गने निगमले म बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । अन्य इन्धन लगायत एलपी ग्यासको मुल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।
