काठमाडौँ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलसंगको आबद्धता त्याग्न निर्देशन दिएका छन् ।
प्रेस विज्ञप्ति मार्फत मेयर साहले राजनीतिक आबद्धता भएको खण्डमा शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको पालना गर्न निर्देशन दिएका हुन् । उनले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने समेत बताएका छन ।
