काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
देशका बिभिन्न शिवालयहरुमा साउनको अन्तिम सोमबार पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।
