काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी शहीद योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
मङ्गलवार साँझ बानेश्वरमा हालैको आन्दोलनमा शहीद हुनुभएका जेनजी शहीद योद्धाका सम्झनामा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री अर्यालले शहीदका सपनालाई साकार पार्नु यो सरकारको चुनाव पछिको अर्को प्रमुख जिम्मेवारी हो। सरकारले जेनजी आन्दोलनकै जगमा खडा भएको सरकारले शहीद तथा घाइते परिवारलाई राज्यले सकेको सबै तरहको सुविधा र सहजता प्रदान गर्ने मन्त्री अर्यालले बताउनु भयो। दीप प्रज्वलन कार्यक्रममा शहीद परिवारका सदस्यसँगै बसेर केहीबेर उहाँहरूसँग कुराकानी गर्दै उनीहरूको गुनासा र चासोलाई सुन्नु भएको थियो।
