बैतडी, बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन ।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शनिवार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको थियो ।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।
