एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण भएको छ ।
पछिल्लो एक सातामा देशभर ३५ जनामा कोभिड–१९ पुष्टि भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा बढी २६ जना बागमती प्रदेशमा, ४ जना कोशी, ३ जना मधेस र २ जना गण्डकीमा सङ्क्रमित भेटिएका छन्, भने यस अवधिमा एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २४९ रहेको छ
