काठमाडौं, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नर बन्ने तयारी भएसँगै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टको नाममा सहमति भएको स्रोतले जनाइएको छ ।गुणाकर भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
