काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता बढाएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका उनीहरुले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गरेका थिए । आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना महामन्त्रीद्वयको रहेको छ ।
