यो शहरमा आएकी छु एउटी परी आज
भन मैले कस्को मनमा बस्नु पर्छ राज
बिर्सिएर सबै कुरा हेर मेरो चाल
उर्लिसक्यो रुपको रंगिन यो छाल ।
यो शहरमा ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले हाँस्दा चारैतिर झलमल्ल आज
समर्पित गरिदेउ मलाई यो साँझ
नशालु त छँदैछु म अरु के छ आशा
मदले भन्दा बढी दिन्छु तिमिलाई नशा ।
यो शहरमा ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
के के थियो हिजो अस्ती बिर्सिदेउ आज
मेरो दिलको धडकन हुन्छ अब तिम्रो ताज
चढेको यो योवनलाई राख अँगालेर
पोखिएर जान लाग्यो साँच सँगालेर ।
यो शहरमा ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
सानुभाइ खड्का
