सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको छ । एआई–बाट परिष्कृत फोटोग्राफी,अत्याधुनिक विशेषताहरु तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस २४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव अब अझ धेरै प्रयोगकर्ताहरूले पाउने सामसङले जनाएकाे छ । यस फाेनमा ६.७ इन्चको डायनामिक एमोलेड २x डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट पाउन सकिनेछ ।
