काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६।५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८।५०, दोस्रो वर्गमा क सय ५० र तेस्रो वर्गमा एक सय ५१ रुपैयाँ कामय भएको छ।
