गायक सुरेश शाहीको एमटी नेशन अर्थात रित्तो देश’ नामको म्युजिकल सिनेमा सार्वजनिक भएको छ । रित्तो देश नामको भिडियो गीत आइतबार Suresh Shahi युट्युब च्यानल बाट बजारमा आएको छ । पहिलाको काम भन्दा यस पटक अलि फरक तरिकाले भिडियोलाई पस्कने प्रयास गरेको भन्दै यस गीतले देशको यथार्त चत्रण गरेको गायक शाहीले बताउनुभयो ।
लोक ठाडी भाका मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा गाइने भाकाको गीतलाई डा राजेन्द्र भट्टले लेख्नु भएको हो भने यसमा स्वर, सङ्गीत र सङ्गीत संयोजन सुरेश शाहीको रहेको छ । मारुनी स्टुडियो काठमाडौँमा रेकर्ड भएको यस गीतको निर्देशन शेर शाहीले गर्नुभएको छ । भिडियोमा प्राय सबै थिएटर पृष्ठभूमिबाट आएका कलाकारहरूले रहेका छन् । यस गीतमा विजय विस्फोट, डा दलिप कुमार मल्ल, नारायण बिक , निर्मल साउद , दुर्योधन बस्नेत, र बिनोद पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यस्तै गरी छायाङ्कन मानाशी किरण को रहेको छ भने भिडियो सम्पादन मिलन विक्रम शाहले गर्नुभएको छ ।Video Link:
