नोबडी प्रोडक्सनले उत्पादन गर्ने ‘सारेगमप लिटिल च्याम्पस सिजन २’को जज फेरिएका छन् ।
यसअघिका जज न्ह्यू बज्राचार्य, कालि प्रसाद बास्कोटा र इन्दिरा जोशीको ठाउँमा दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न सुमन रिप्लेस गरिएको छ । च्याम्पस्को सिजन २ आउन ढिला भएकै कारण न्ह्यू, कालि र इन्दिरा नेपाल आइडलमै फर्किएका थिए ।
सारेगमप लिटिल च्याम्पस सिजन २ स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि टेलिभिजन र कमर्सियल पार्टनर सँग सम्झौता गरेको छ । फर्मुला प्लसले बजार हेर्नेछ भने डिजिटल मिडिया पार्टनरका रूपमा राष्ट्रिय सञ्चार रहेको छ ।
भारतमा झण्डै २५ वर्षदेखि प्रसारण हुँदै आएको यो रियालिटी शोको पहिलो सिजनले नेपालमा लोकप्रियता हासिल गरेको थियो । एक महिना अगाडिदेखी डिजिटल अडिसन लिन सुरु गरिएको यस रियालिटी शोका लागि अहिलेसम्म १२ हजार जनाले अडिसन भिडिओ पठाइसकेका छन् ।
नोबडी प्रोडक्सनले एकैसाथ सारेगमप लिटिल च्याम्पस सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्सलगायत तीनवटा रियालिटी शोको घोषणा गरेको छ । ब्रिलियन्ट ब्रेन्सलाई विपिन कुमार आचार्यले होस्ट गर्ने छन् । नोबडी प्रोडक्सनले नेपाली दर्शकलाई रियालिटी शो, नन् फिक्सन सिरिज लगायत विविध क्षेत्रमा उच्चतम कन्टेन्ट दिँदै आएको दाबी गरेको छ ।
