राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले निर्वाचित भयपछि आफुले प्राप्त गर्ने १ बर्षको तलब बराबर को रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त प्रतिबद्धता अनुरुप आज हेटौंडामा एक कार्यक्रमका बिच उक्त रकम नेत्र विशेषज्ञ डा. सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतको उपस्थितीमा सांसद सिंहले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गर्नु भएको हो । सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा आफुले ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहले आफुले निर्वाचनका बेला जनतासंग गरेको बाचा पुरा गरेको बताउनुभयो । जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उहाँले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गर्नु भएको सहयोग नितान्त अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिइदिनुहुन आग्रह गर्नुभयो । उहाँले सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने बताउनुभयो कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, निवर्तमान हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।
