राष्ट्रिय स्वतन्त्र पार्टीले फेरी सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार रविले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिको जिम्मेवारी दिएको हो ।सभापति रवि लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
