काठमाडौं– आज उपसभामुख पदको निर्वाचन हुँदैछ । सत्ता गठवन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुभएको हो ।
