काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी–२० अन्तर्राष्ट्रिय खेल सोमबार नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने भएको छ । यस शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने सुनैलो अवसर छ । नेपाल र केन्याबीच ५ वटा टी–२० अन्तर्राष्ट्रिय शृंखला भईरहेको छ ।
