कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को वादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरू गरेको बताइन् ।
