काठमाडौँ, भारतस्थित नेपाली दूतावासले किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे त्यहाँको विश्वविद्यालयसँग जानकारी लिएको छ । शुक्रबार बिहान किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको दूतावासले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।
किटमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीय प्रिसा साहको शव विश्वविद्यालयमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

