काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जना उम्मेदवारले प्रतिनिधिसभा निर्वाचनमा ५० हजारभन्दा बढी मत ल्याउँदै उल्लेखनीय जित हासिल गरेका छन्। सार्वजनिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवारहरूले देशका विभिन्न क्षेत्रमा ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
झापा–५ बाट बालेन्द्र शाह ६८ हजार ३४८ मतसहित विजयी भएका छन्। झापा–२ बाट इन्दिरा राना मगर ६० हजार ११० मत ल्याएर विजयी भएकी छन्। चितवन–३ बाट सोविता गौतम ५९ हजार २७७ मतसहित विजयी भएकी छन् भने रूपन्देही–३ बाट डा. लेखजंग थापा ५८ हजार ८१४ मत ल्याएर विजयी भएका छन्।
त्यस्तै चितवन–१ बाट हरि ढकाल ५८ हजार २०८ मतसहित विजयी भएका छन्। रूपन्देही–२ बाट सुलभ खरेल ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् भने मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्।
रूपन्देही–१ बाट सुनिल लम्साल ५४ हजार ८४५ मत ल्याएर विजयी भएका छन्। चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्।
यसैगरी काभ्रे–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएका छन् भने नवलपुर–१ बाट राजन गौतम ५० हजार ९४५ मत ल्याएर विजयी भएका छन्।
