बेलबारी । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा तिहारको शुभ अवसरमा पनि जनसेवामा सक्रिय रहँदै आर्थिक रूपमा कमजोर तथा गम्भीर बिरामीहरूको घरमै पुगेर निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन्।
तिहारको टीकाको दिन विश्राम नगरी उनी बेलबारी नगरपालिका–२ ललभिटी झगड बस्ती पुगे। त्यहाँका अत्यन्तै विपन्न रामदेव उराँवलाई उनले घरमै पुगेर भेटे। उराँवलाई पेट र खुट्टा सुन्निने गम्भीर समस्या रहेको र हाल किड्नीसम्बन्धी जटिलता देखा परेको थियो। उनको अवस्था नाजुक बनेपछि डा. शर्माले उनलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गराउने जिम्मेवारी लिएका छन्।
त्यसपछि डा. शर्मा कानेपोखरी गाउँपालिका–जदहा टोलकी खडुम्मा शेर्पाको घर पुगे। आर्थिक रूपमा कमजोर र केही महिनादेखि बिरामी परेकी शेर्पाको स्वास्थ्य अवस्था बुझेर उनले उनलाई तात्कालिक एम्बुलेन्समार्फत नोबेल मेडिकल कलेज पठाउने व्यवस्था गरे।
यस्तै, बेलबारी–११ का दुर्गा बहादुर तामाङ, जो करिब तीन महिनादेखि क्यान्सर रोगले पीडित थिए, डा. शर्मा आफ्नो टोलीसहित उनको घरमै पुगे। तामाङको अवस्था बुझेर उनले नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाए।
डा. शर्मा समाजसेवा, मानवीयता र जिम्मेवार नेतृत्वको उदाहरणका रूपमा परिचित छन्। चुनावी समय मात्र होइन, चाडपर्व होस् या विपद्को घडी, उनी सधैं जनताकै बीच पुगेर सहयोग र सेवा गर्ने नेताका रूपमा चिनिन्छन्।
प्रतिनिधि सभामा सांसद हुँदा उनले तलब–भत्ता नलिने एक मात्र सांसदको उदाहरण कायम गरेका थिए। गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणजस्ता कार्यहरूले उनलाई समाजसेवी नेताको रूपमा अझ उचाइमा पुर्याएको
