काठमाडौँ, जेन-जी मुभमेन्टका युवाहरूसित उपचारको क्रममा रकम असुली गरेको भन्ने समाचार भ्रामक रहेको काठमाडौँ मेडिकल कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। घाइते विरामीहरूसँग कुनै पनि शिर्षकमा पैसा लिने अस्पताल प्रशासनको नीति नरहेको र कुनै कारणवश कसैले पैसा कुनै शिर्षकमा बुझाउनु भएको भए रकम बुझाएको सक्कल रसिद सहित यस अस्पताल प्रशासनसँग सम्पर्क गरी फिर्ता लिन सकिने अस्पताल प्रशासनले बताएको छ ।
काठमाडौँ मेडिकल कलेजद्वारा जारी सूचना
हाल काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा भर्ना भई उपचार सेवा लिइरहेका जेन-जी मुभमेन्टका युवाहरूसित उपचारको क्रममा अस्पताल प्रशासनले रकम असुली गरेको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ। घाइते विरामीहरूसँग कुनै पनि शिर्षकमा पैसा लिने अस्पताल प्रशासनको नीति नरहेको र कुनै कारणवश कसैले पैसा कुनै शिर्षकमा बुझाउनु भएको भए रकम बुझाएको सक्कल रसिद सहित यस अस्पताल प्रशासनसँग सम्पर्क गरी फिर्ता लिन सक्नु हुनेछ। पुनः औषधी उपचार बाहेक घाइतेहरूको लागि आवश्यक पर्ने नियमित निःशुल्क खानाको व्यवस्था अस्पतालको क्यान्टिन मार्फत वितरण गरिएको जानकारी पनि गराइन्छ। घाइतेका परिवारहरूको उपचारसँग सम्बन्धित कुनै गुनासो भएमा अस्पताल प्रशासनको सम्पर्क नं. ९८०२३३५१३० मा २४ सै घण्टा सम्पर्क गर्न सक्नुहुनेछ। हालसम्म जम्मा ८१ जना घाइतेहरू अस्पतालमा भर्ना हुनुभएकोमा २ जनाको तत्कालै मृत्यु भएको र ५७ जना घर फर्कनु भएको र बाँकी २२ जना अस्पतालमा उपचारको क्रममा रहनु भएको जानकारी समेत गराइन्छ।
अस्पताल प्रशासन
फोन नं: ४४६९०६४, ४४७६१५२, फ्याक्स: ९७७-१-४४७७९२०
ई-मेल: info@kmc.edu.np पो.ब.न. २१२६६, वेबसाइट: www.kmc.edu.np
